+
+
Shares

जापानले बनायो कोरोना परीक्षण गर्ने नयाँ तरिका

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते २१:४१

कोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाब लिइन्छ । यसमा कुनै किसिमको क्षति हुँदैन तर धेरै मानिसका लागि यो निकै कठिन लाग्ने गरेको छ ।

जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्‍यालबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नयाँ तरिका विकास गरेका छन् । यसको माध्यमबाट केवल २५ मिनेटमा परीक्षणको नतिजा आउँछ ।

जापानी विश्वविद्यालयका साथमा काम गरिरहेको एक मेडिकल र्फमले यो टेस्टको लागि काम गरिरहेको बताएको छ । साथै मानिसहरुले घरमा नै बसेर यसको परीक्षण गर्न सक्ने बताएको छ ।

बेलायतमा पनि यस्तै सलाइवा टेस्टिङको परीक्षण चलिरहेको छ । यसमा अहिले १४ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले भाग लिइरहेका छन् ।

स्रोत: बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?