+
+

पलको प्रश्न–‘के तपाईंले पारिश्रमिक नपाएर हात जोड्नु परेको छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते ९:०५

नेपाली चलचित्रमा पछिल्ला केही दिन नातावाद र परिवारवादको मुद्दाले स्थान पायो । चलचित्रकर्मीले यो बिषयमा आफ्नो विचार खुलेरै राखे ।
तर, यो बहस चर्किरहेको समयमा नायक पल शाहले भने पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले, चलचित्र क्षेत्रमा पारिश्रमिक नपाएर धेरै कलाकार डिप्रेशनमा जान सक्ने भन्दै यस्तो अवस्था आउनु अगाडि नै सबैको सामु यो कुरा राख्न जरुरी भएको उल्लेख गरेका छन् ।

पलले सोधेका छन्–‘के तपाइले परिश्रम गरे अनुसार समयमा आफूले पाउनु पर्ने पारिश्रमिक नपाइराख्नु भएको छ ? के तपाइले आफूले गरेको चलचित्रको पैसा पाउन बर्षौसम्म निर्देशक, निर्मातासँग दुई हात जोड्नु परेको छ ? यो चलचित्र गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यही चलचित्रको पैसा पाउन बर्षौ कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?’

पलले, आफ्नो चलचित्रको पैसा माग्दा चलचित्रले सोचे जस्तो व्यापार गरेन, ५० प्रतिशत कम गरिदिने भए गर नभए पछि विस्तारै दिउला भनेर झुलाउँदा कलाकारको मस्तिष्कमा कस्तो कसर गर्छ भनेर पनि प्रश्न गरेका छन् ।

उनले, यस्ता निर्माताले चलचित्र क्षेत्रलाई बचाउन एकले अर्कालाई साथ दिएर अगाडि बढ्नुपर्ने अवस्था आएको बताउने गरेको भन्दै आलोचना पनि गरेका छन् ।

नेपाली चलचित्रमा काम गर्ने धेरै कलाकार, प्राविधिकले पारिश्रमिक नपाएको गुनासो गरेपनि उनीहरुले खुलेरै बोलेका छैनन् । पल शाहको यो भनाई सार्वजनिक भएसँगै अब अन्य चलचित्रकर्मीले पनि यो बिषयमा खुलेरै बोल्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?