Comments Add Comment

परिवारवाद सबैतिर छः प्रियंका

नेपाली चलचित्र क्षेत्रमा कुन वाद हाबी छ ? यो विषयमा सबैको तर्क फरक हुन सक्छ । कतिपयले चलचित्र क्षेत्रमा परिवारवाद नरहेको बताइरहेका छन् भने कतिपयले यो क्षेत्रमा समूहवाद हाबी रहेको उल्लेख गरेका छन् । चलचित्र क्षेत्रमा परिवारवाद हाबी भएको र यसले प्रतिभावान कलाकारलाई महत्व नदिएको भन्दै केही कलाकारले आक्रोश पनि व्यक्त गरेका छन् ।

यो विषयमा नायिका प्रियंका कार्कीले पनि आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । एक जना फ्यानले इन्स्टाग्राममा सोधेको प्रश्नमा प्रियंकाले भनेकी छन्–‘परिवारवाद सबैतिर छ । एकजना डाक्टरले आफ्नो छोरा पनि डाक्टर नै भएको हेर्न चाहन्छ । व्यापारीले आफ्नो सन्तानलाई व्यापारिक क्षेत्रमै ल्याउन चाहन्छ । यो नराम्रो होइन ।’

तर प्रियंकाले परिवारवादका कारण प्रतिभा भएकाहरूलाई ओझेलमा पार्न नहुने तर्फ भने सचेत गराएकी छन् । कार्कीले परिवारवादका कारण राम्रा प्रतिभालाई अवसर नै नदिने, उनीहरूलाई ओझेलमा पार्न खोज्नु भने नराम्रो भएको धारणा व्यक्त गरेकी छन् ।

चलचित्र क्षेत्रको पारिवारिक पृष्ठभूमिभन्दा बाहिरबाट यो क्षेत्रमा प्रवेश गरेकी प्रियंका अहिले चर्चाको शिखरमा रहेकी नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment