+
+
Shares

थाइलेण्डबाट ३२५ जनाको उद्धार गरी स्वदेश फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते १७:४१

९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट प्रभावित भएका ३२५ जना नेपालीलाई थाइल्याण्डबाट स्वदेश फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासका अनुसार यही मंगलबार र जुन १७ गते गरी ३२५ जनालाई नेपाल फर्काइएको हो ।

मंगलबार मात्रै नेपाल वायुसेवा निगमसंगको समन्वयमा थाइल्याण्डबाट ७८ जनालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

यसअघि हिमालय एयरलाइन्ससँगको समन्वयमा १७ जुनमा सिङ्गापुरबाट ११३ जना र कम्बोडियाबाट ३३ जनालाई स्वदेश फर्काइएको थियो ।

थाइल्याण्डबाट नेपाल फर्किएकाहरुमध्ये छोटो अवधिको इन्टर्नसिपमा आएकाहरु, विभिन्न विश्विवद्यालयहरुमा अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीहरु २३४ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका ५१ जना, वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका ९ जना, रोजगारी समाप्त भएका २२ जना, नेपालमा आफन्त गुमाएका २ जना, जेलमुक्त भएका एकजना र नावालक बच्चा ६ जना रहेका छन्।

यसैगरी सिंङ्गापुरबाट नेपाल फर्किएकाहरुमध्ये जेलमुक्त भई नेपाल फर्कन स्वीकृति पाएका २१ जना, ट्रान्जिटमा अलपत्र परेका ७ जना, पर्यटक भिसा र पारिवारिक पूनर्मिलनका लागि आएका १८ जना, रोजगारी समाप्त भएका ५६ जना र तालिममा आएका प्रशिक्षार्थी र विद्यार्थीहरु ९ जना गरी ११३ जना रहेका छन्।

त्यस्तै, कम्बोडियाबाट फर्किएकाहरुमध्ये वैदेशिक रोजगारको प्रलोभनमा परी अलपत्र परेका १३ जना, रोजगारी समाप्त भएका ९ जना, पर्यटक भिसामा आएका ९ जना र तालिममा आएका सरकारी अधिकृतहरु-२ जना गरी ३३ जना रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?