Comments Add Comment

पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण

९ असार काठमाडौं । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण भएको छ । सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार थप ७ खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

बोर्डले कराची लाहोर र पेशावरमा गरी कुल ३५ जना खेलाडीमा कोरोना परीक्षण गरेको थियो । जसमा अहिलेसम्म १० खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार कोरोना पोजेटिभ देखिने खेलाडीमा फखर जमन, इमरान खान, कासिफ भट्टी, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद रिजवान र वाहव रियाज छन् । यसअघि हैदर अली शदाब खान र हरिस राउफलाई कJरोना संक्रमण भएको थियो ।

परीक्षण गरिएकामध्ये अन्य १६ खेलाडीमा संक्रमण नभएको देखिएको छ । यमाद वासिम र उस्मान शिनवारीमा भने यसअघिकै परिक्षणमा नगेटेभ देखिएको थियो ।

इंग्ल्याण्ड टुरमा लागि घोषणा गरिएको २९ सदस्यीय टोलीमा रहेकामध्ये शोयब मल्लिकको भने परीक्षण गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment