Comments Add Comment

नम्रताको आत्मविश्वास

नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा परिवारवादको मुद्दा उठाएपछि चलचित्र जगतमा यस विषयमा धेरै चर्चा भयो । नम्रताको कतिपयले आलोचना गरे भने कतिपयले उनको कदमको प्रशंसा गरे । तर नम्रताले यो विषयलाई भिडियोमार्फत बोलेपछि यो बहसको विषय भने बन्यो ।

नेपाली चलचित्रमा कुन वाद हाबी छ, यसको समीक्षा हुँदै जानेछ । तर एउटा कुरा स्पष्ट के हो भने, नेपाली चलचित्र समस्या नै समस्याले जेलिएको भने छ ।

चलचित्र क्षेत्रमा केही वर्षदेखि सक्रिय नम्रताको करिअर सुखद् बन्न सकेको छैन । उनले अभिनय गरेका केही अपेक्षाकृत चलचित्रले सफलता हात नपार्दा उनलाई यो क्षेत्रमा अगाडि बढ्न समस्या भएको हो । चलचित्र ‘ब्रासलेट’मा उनले राम्रो अभिनय गरिन्, तर यसले व्यापारिक रुपमा सफलता पाएन।

‘समर लभ’बाट आशा गरेकी नायिका सफल हुन सकिनन् । तर पनि नम्रता चलचित्र क्षेत्रमा अगाडि बढिरहेकी छिन् । नम्रता यदि रुखको जरा बलियो भयो भने कुनै पनि हावाहुरीसँग डराउनु नपर्ने बताउँछिन् ।

उनी आफू चलचित्र कर्ममा बलियो भएकाले पनि नडराएको बताउन खोजिरहेकी छिन् । नम्रतालाई सायद आफूमाथि बलियो आत्मविश्वास छ । यसैले उनी सानोतिनो आलोचनाले आफूलाई हल्लाउन नसक्ने तर्क गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment