Comments Add Comment

कोरोना रोकथामको खर्च विवरण माग्दै सुदूरपश्चिममा कांग्रेसद्वारा संसद अवरुद्ध

१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ ।

बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे ।

‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । १० अर्ब रुपैयाँ केन्द्रले खर्च ग¥यो । त्योमध्ये ३६ करोड यहाँ आएको थियो । त्यो पैसा खै ?’ रावलले प्रश्न गरे ।

कोरोना नियन्त्रणमा करोडौं खर्च गरेको तर, एउटा पनि पीसीआर मेसिन खरिद नगरेको भन्दै उनले सरकारले कोरोना नियन्त्रणमा लापरबाही गरेको बताए ।

नेता रावलले सरकारले गरेको खर्चको हिसाब सार्वजनिक नगर्दा सम्म सदन चल्न नदिने बताए । ‘हामी फड्के किनाराको साक्षी बन्न सक्दैनौँ’ उनले भने ‘त्यो हिसाब सार्वजनिक नहुँदासम्म सदन चल्न दिदैनौँ ।’

रावलले धारण राखेपछि कांग्रेसका सबै सांसद उभिएपछि सभामुख अर्जुनबहादुर थापाले शुक्रबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरे ।

कांग्रेस नेता रावलले कोरोना संक्रमित व्यक्तिहरुलाई आइसोलेसन राख्न छोडेर घरमा पठाएको भन्दै प्रदेश सरकारविरुद्ध आक्रोश पोखे । ‘स्थानीय तहका सरकारले केही गरेका छन् । तर, त्यसलाई बल पु¥याउने काम पनि प्रदेश सरकारले गरेन’ उनले भने ।

भित्रभित्रै संक्रमणको अवस्था बढिरहेको भन्दै उनले प्रदेश सरकारले कोरोना परीक्षणमा चासो नदिएको आरोप लगाए ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटको बिषयमा छलफल गर्न बुधबार प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment