Comments Add Comment

नागरिकता विधेयकको विरोधमा जसपाले प्रदर्शन गर्ने

१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न सहरमा विरोध प्रदर्शन गर्ने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ ।

असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरेर जनाएका छन्।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला अंगीकृत नागरिकता पाउन कम्तीमा निरन्तर सात वर्षसम्म नेपालमा बस्नुपर्ने प्रावधानमा उनीहरूले  विरोध जनाएका छन् ।

‘संविधानको मूल्य मान्यता र मर्म तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको संशोधन प्रस्तावले महिला अधिकारको हनन् हुनुका साथै नेपाल पक्ष राष्ट्र रहेको सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पनि विरुद्धमा रहेका छन्’ विज्ञप्तिमा भनिएको छ ।

जनता समाजवादी  पार्टीले नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता त्यागेको प्रमाणको आधारमा अंगीकृत नागरिकता दिनुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment