+
+
Shares

दोलखामा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १७:३९

१० असार, काठमाडौं । दोलखामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–७ ज्यामिरेका ३० वर्षीय सुवास कार्की रहेका छन् ।

घरदेखि अन्दाजी १ किमी दक्षिणतर्फ रहेको आफ्नै खेतमा रोपाइँका लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा उनी गम्भीर घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका कार्कीको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?