+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाली महिलासँग विवाह गरेका पुरुषलाई पनि नागरिकताको व्यवस्था गरौं : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १७:४२

१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ ।

‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिंगको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।’

संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको तथा छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?