+
+
Shares

राप्ती नगरपालिकाका वडाध्यक्ष तामाङको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १७:५५

१० असार, चितवन । चितवन राप्ती नगरपालिका ११ का वडाअध्यक्ष हितबहादुर तामाङको मृत्यु  भएको छ । मकवानपुरको भीमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु  भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् ।

उनी लामो समयदेखि कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केही दिनअघि आयुर्वेदिक पद्धतिबाट उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो ।

बुधबार नै राप्ती नगरपालिकाको सातौं नगर सभामा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?