Comments Add Comment

दाङमा जनप्रतिनिधिसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, घोराही । दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर-२ बाट ८४ जनाको स्वाब संकलन गरिएकोमा ४९ जनाको परीक्षण सकिँदा तीन जना महिलासहित ४२ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । संक्रमितहरु ५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छन् ।

बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जीसीका अनुसार वडा नम्बर-२ का वडाध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना पुष्टि भएको छ । यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर-१ निवासी अर्की एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना संक्रमण देखिएको छ । उनको गत जेठ २५ गते प्रावि बढीपोखरा क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

यसअघि दाङमा बंगलाचुली गाउँपालिका वडा नम्बर-५ र ६ का वडा सदस्य तथा घोराही उपमहानगरपालिका वडा नम्बर-२ का वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बंगलाचुली गाउँपालिका वडा नम्बर-५ का अध्यक्ष भने उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकाका वडा नम्बर १, ४ र ५ का ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर-१ का २५ जना, वडा नम्बर-४ का ४ जना, वडा नम्बर-५ का पनि ४ जना र वडा नम्बर-१५ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै दाङमा कोरोना संक्रमितहरुको संख्या ३ सय ८० पुगेको छ । मंगलबार दाङमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment