Comments Add Comment

प्युठानमा थपिए १० जना कोरोना संक्रमित

१० असार, काठमाडौं । प्युठानमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा प्युठानमा बुधबार १० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा माण्डवी गाउँपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका ३ जना र झिम्रुक गाउँपालिकाका एक जना छन् ।

प्युठानको माण्डवी गाउँपालिकाबाट संकलन गरिएको १३ जनाको स्वाबमध्ये १० जनाको परीक्षण गर्दा ६ जना पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

संक्रमित हुनेमा माण्डवी गाउँपालिका-२ का १८ र २१ वर्षीय दुई जना पुरुष तथा वडा नम्बर-४ का २१ र २४ वर्षीय दुई जना पुरुष र वडा नम्बर-७ का २६ वर्षीय एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाबाट १३ जनाको स्वाब संकल गरिएकोमा १० जनाको स्वाबको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै मल्लरानी गाउँपालिका र झिम्रुक गाउँपालिकाबाट संकलित १४ जनाको स्वाबमध्ये १० जनाको परीक्षण गर्दा मल्लरानी-१ का १९ वर्षीय एकजना पुरुष, वडा नम्बर-३ का २४ र २५ वर्षीय दुई जना पुरुष तथा झिम्रुक-१ का १७ वर्षीय एक पुरुष गरी जम्मा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment