Comments Add Comment

यस्तो विचित्र रुख, जसलाई काट्दा रगत आउँछ

रुख काट्दाखेरी काण्ड वा हाँगाहरुबाट खोटो तथा पानी निस्किनु त स्वभाविकै हो । तर अफ्रिकामा एउटा यस्तो रुख छ जसलाई काट्दा ‘रगत’ निस्किन्छ ।

अफ्रिकामा पाइने यस रुखको नाम ब्लडउड ट्री हो । साथै यसलाई किआट मुकवा तथा मुनिंगा लगायतका नामले पनि चिनिन्छ । यो रुखको वैज्ञानिक नाम सेरोकार्पस एंगोलेलेनसिस हो । यो अनौठो रुख दक्षिण अफ्रिका, मोजाम्बिक, नामिबिया, तान्जानिया तथा जिम्बाबे लगायतका देशहरुमा पाइन्छ ।

यो रुख काट्दा मात्र होइन यसको हाँगा भाँचिदा पनि रगत जस्तै रातो रङको तरल पदार्थ निस्किन्छ ।

यो वनस्पतीको रुख १८ मिटरसम्म अग्लो हुन्छ । रुखमा निकै धेरै पातहरु हुन्छन् र पहेँलो रङको फूल फुल्दछ ।

यो रुखको काठबाट निकै महंगो खालका फर्निचरहरु बनाइन्छ । यसको काठ सजिलैसँग मोड्न सकिन्छ भने खुम्चिएर फर्निचर बिग्रिने जोखिम पनि नहुने भएकाले विशेष खालका फर्निचरहरु बनाउन प्रयोग गरिन्छ ।

यो रुखका बोक्रा लगायतका भागहरु औषधिको रुपमा पनि प्रयोग गरिने भएको हुँदा यसलाई जादुमय रुख पनि भनिन्छ । छालाको दाददेखि आँखाको समस्या, पेटको समस्या, मलेरिया तथा गम्भीर चोटपटकमा समेत यसको प्रयोग गरिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment