Comments Add Comment

कतारबाट १५८ जना नेपाली स्वदेश फर्किए

११ असार, कतार । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १ सय ५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत् ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष स्वदेश फर्केका हुन् ।

कतारको दोह स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

तस्वीर सौजन्य : नेपाली राजदूतावास दोहा, कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment