+
+

पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार ११ गते १०:००

११ असार, बुटवल । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

प्रदेश ५ मा बुधबार मात्रै पाल्पाका १४ जनासहित १०८ जना नयाँ संक्रमित थपिएका थिए । प्रदेश जनस्वास्थ्य निर्देशनालयले बुधबार राति अबेर अद्यावधिक गरेको तथ्यांक अनुसार प्रदेश ५ मा कारोना संक्रमितको संख्या २ हजार ९ सय ४ पुगेको थियो । पाल्पामा ९३ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ ।

जिल्लागत रुपमा कपिलवस्तुमा ७०४, बाँकेमा ३५०, पाल्पामा ३३९, दाङमा ३२८, रुपन्देहीमा २६६, अर्घाखाँचीमा २५०, गुल्मीमा २४७, प्युठानमा १८४, बर्दियामा १५५, नवलपरासीमा ७८, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?