Comments Add Comment

घरभाडा छुट नभए साना होटल व्यवसायीले आन्दोलन गर्ने

११ असार, काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। कोभिड-१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरूलाई बेवास्ता गरेकोभन्दै साना होटल व्यवसायीहरूको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरू बीच विभेद गरेको आरोप लगाए । साना होटलहरूले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए ।

अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छाअनुसार सस्तो दरका होटलमा क्वारेन्टिन बस्न पाउने गरी व्यवस्थापनगर्न माग गरेे । व्यवसायीहरूले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्वसम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरूको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।

होटल व्यवसायीहरूले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैङ्क ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् ।

यस्तै, लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैङ्कको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरूलाई क्वारेन्टिनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरूले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment