+
+
Shares

पटेर्वा सुगौलीको बजेट ३४ करोड २८ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १३:५४

११ असार, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ३४ करोड २८ लाख ४९ हजार ४ सय १० रुपैयाँको बजेट ल्याएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बुधबार आयोजित गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष महतोले बताइन् । गाउँपालिकाभित्र सार्वजनिक शौचालय बनाउने, सिञ्चाइको उचित व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, वृक्षारोपण गर्ने, बेरोजगारी अन्त्य गर्ने लगायत प्रमुख योजनाका रुपमा अघि सारिएको उनको भनाइ छ ।

‘शिक्षाका लागि अन्य सरकारले शसर्त अनुदान दिएका छन्, तर कृषिमा खासै कार्यक्रम आएको छैन । त्यसैले गाउँपालिकाको बजेटले कृषिलाई प्राथमिकतामा राखेको छ ।’ उप प्रमुख महतोले बताइन् ।

पटेर्वा सुगौलीमा गाउँसभाले नै कुन प्राथमिकताको क्षेत्रमा कति बजेट छुट्याउने भन्ने तय गर्नेछ । गाउँपालिकाले संघीय सरकार वित्तिय समानीकरण अनुदान ९ करोड ९६ लाख, शसर्त अनुदान १३ करोड २५ लाख, समपुरक अनुदान ८० लाख, राजश्व बाँडबाट ६ करोड ६५ लाख ७२ हजार ४ सय १० रुपैयाँ आउने अनुमान गरेको छ ।

त्यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान ६९ लाख ५६ हजार, शर्सत अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन कर बाँडफाँड ३९ लाख २१ हजार प्राप्त हुने गाउँपालिकाको आय विवरणमा उल्लेख छ ।

गाउँपालिकाको आन्तरिक आम्दानी तथा अन्य आय १ करोड ५० लाख हुने अनुमान लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?