Comments Add Comment

‘पाकिस्तानको विमान दुर्घटनाको कारण मानवीय गल्ती’

११ असार, काठमाडौं । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटनाको कारण पाइलट र एयर ट्राफिक कन्ट्रोलको मानवीय गल्ती रहेको रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । ९७ जना मानिसको ज्यान जाने गरी भएको यो दुर्घटनामा केवल दुईजना मानिस बाँच्न सफल भएका थिए । पाकिस्तानका उड्डयन मन्त्री गुलाम सरवार खानले संसद्मा उक्त प्रतिवेदनबाछ प्राप्त भएका कुराहरु राखेका थिए ।

खानका अनुसार कोरोना भाइरसको विषयमा कुरा गर्दै गरेको कारण पाइटलको ध्यान विकेन्द्रित भएको हो । मे २२ मा कराँचीको विमानस्थलनजिकैको बस्तीमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीएलए)को एयरबस ए३२० विमान दुर्घटना भएको थियो ।

विमानमा कुनै किसिमको खराबी नभएको प्रतिवेदनमा पाइएको छ । पाइलटले सुरुमा राम्रोसँग ल्याडिङ गियरमा विमान ल्याउन सकेनन् । दोस्रोपटक ल्याण्डिङको प्रयास गर्दा एयर ट्राफिक कन्ट्रोलरहरुले पनि इन्जिनमा ठूलो असर पुगिसकेको जानकारी पाइलटलाई नगराएको प्रतिवेदनमा उल्लेख छ ।

कन्ट्रोलरहरुले पाइलटलाई विमानलाई उचाइमा लैजान आग्रह गर्दा उनले बढी आत्मविश्वास देखाउँदै ‘म मिलाउँछु’ भन्ने जवाफ फर्काएको प्रतिवेदनको निष्कर्ष छ । यो दुर्घटनाबाट बचेका एक व्यक्तिले विमान ल्याण्डिङको पहिलो प्रयास गरेको १० देखि १५ मिनेटपछि विमान दुर्घटनामा परेको बताएका थिए ।

स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment