Comments Add Comment

कोरोनाको चार अर्ब डोज खोप बनाउन सक्ने कम्पनी पहिचान !

११ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उपचार र यससँग सम्बन्धित तयारीमा ध्यान दिँदै आएको प्रभावशाली संगठनले कोरोना भाइरसको खोपको चार अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको बताएको छ ।

कोएलिशन फर एपिडेमिक प्रिपियर्डनेस इनोभेसन (सीईपीआई)लाई अहिले खोप निर्माण गरिरहेका नौ परियोजनाले आफ्नो समर्थन दिएका छन् । यो समूहका एक वरिष्ठ म्यानुफ्याक्चरिङ विशेषज्ञले चार अर्ब डोज तयार गर्ने क्षमता राख्ने कम्पनीको पहिचान गरिसकिएको बताएका छन् ।

बायोफर्मा एक्ज्युकेटिभ जेम्स रोबिनसनले सीपीईआईको योजना हरेक खोपको लागि दुई वा तीन उत्पादन संयन्त्रको सुनिश्चित गर्नु रहेको बताए । उनले अहिले रहेको क्षमताको आधारमा दुई अर्ब डोज खोप उत्पादन हुने बताए ।

सन् २०२१ को अन्तिमसम्मका लागि यो आफूहरुको न्यूनतम लक्ष्य पनि रहेको उनको भनाइ छ । अहिले यो समूहले आठदेखि १० वितरण केन्द्र बनाउने योजनामा पनि काम गरिरहेको छ । समूहले कोरोना भाइरसको खोप विश्वका सबै स्थानमा पुग्न सकोस् भन्नेमा जोड दिइरहेको छ ।

सीईपीआईको मुख्यालय नर्वेमा छ । विश्वका १४ मुलुकको सरकार, बिल एण्ड मेलिण्डा गेट्स फउण्डेशन र बेलायतको वेलकम ट्रस्टले पनि यसको समर्थन गरेको छ ।

सीईपीआईले कोभिड-१९को खोप खोजका लागि नौ रिसर्च समूहसँग एक सम्झौता गरेको छ र र यसका लागि ८२ करोड ९० लाख डलर लगानी गरेको छ ।

जेम्स रोबिनसन धेरै मानिसलाई चार अर्ब डोज खोप बनाउनु सम्भव नलागे पनि आफूलाई भने त्यति मात्रामा खोप बन्नसक्छ भन्ने विश्वास रहेको बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment