Comments Add Comment

तीन महिनापछि खुल्यो इफेल टावर

११ असार, काठमाडौं । विश्वभरका पर्यटकको लागि आकर्षणको केन्द्र बन्न पुगेको इफेल टावर तीन महिनाभन्दा लामो समयपछि खुलेको छ ।

फ्रान्समा लकडाउन शुरु भएसँगै एफेल टावर पनि सबै पर्यटकहरुका लागि बन्द गरिएको थियो । दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समयसम्म इफेल टावर पर्यटकका लागि बन्द गरिएको हो ।

अहिले पनि इफेल टावर भ्रमण गर्नका लागि मानिसहरुले विभिन्न शर्तहरु पालना गर्नुपर्ने हुन्छ । इफेल टावरमा जाने पर्यटकको संख्या सीमित गरिएको छ । ११ वर्षभन्दा बढी उमेरका सबै मानिसलाई मास्क अनिवार्य गरिएको छ ।

इफेल टावरमा १ जुलाईसम्म लिफ्टको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जसको कारण अहिले घुम्न जाने पर्यटकहरुले सिँढीको प्रयोग गर्नुपर्ने हुन्छ ।

इफेल टावरको निर्माण सन् १८८९ मा निर्माण गरिएको हो । यहाँ वार्षिक करिब ७० लाख मानिस घुम्न आउने गरेका छन् ।

युरोपमा फ्रान्स कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकमध्ये एक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म फ्रान्समा एक लाख ९७ हजार ८८५ संक्रमित फेला परेका छन् भने २९ हजार ७३४ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment