Comments Add Comment

लिभरपुलले ३० वर्षपछि लिग जित्दा पारसको यस्तो खुसी

१२ असार काठमाडौं । ३० वर्षको पर्खाइपछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्दा अहिले संसारभर रहेको यसका समर्थकहरू खुसी मनाइरहेका छन् ।

शुक्रबार बिहानै भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दा लिभरपुल नखेली नै ७ खेल अगावै च्याम्पियन बनेको हो । पछिल्लो पटक लिभरपुलले १९८९-९० मा लिग जितेको थियो । त्यही लिभरपुलका फ्यान हुन नेपाली क्रिकेटर पारस खड्का ।

नेपाली राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले पनि आफ्नो प्रिय क्लबले तीन दशकपछि उपाधि जितेको खुसी मनाएका छन् । निवर्तमान कप्तानसमेत रहेका पारसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा लिभरपुलको जर्सी लगाएर खिचेको फोटोमा सामाजिक सञजालमा पोष्ट गर्दै ३० वर्षको प्रतिक्षा सकिएको बताएका छन् ।

‘हामी लिभरपुल फुटबल क्लबको लागि आज ३० वर्षको प्रतिक्षा अन्त्य भएको छ । यो यात्रा अनौठो रह्यो र आशा छ आउने दिनमा अझै निरन्तर हुनेछ,’ पारसले फेसबुकमा लेखेका छन् । ‘नेपाल फुटबलको होमबाट, जहाँ हामी फुटबलको उत्कृष्ट क्षण आउने दिनमा मनाउनेछौँ र ऐतिहासिक क्षण जस्तै खुसी मनाउनेछौँ ।’

पारसले त्यसअघि ३० वर्षको प्रतिक्षा सकियो भन्दै पोष्ट गरेका थिए र यो स्टेभन जेरार्डका लागि भनेका थिए । पारस जेरार्डको फ्यानसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment