Comments Add Comment

मानव अधिकार आयोगले भन्यो : शव व्यवस्थापनमा अवरोध नगर

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीयवासीबीच बिहीबार भएको झडपप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगले अवरोध नगर्न आग्रह गरेको हो ।

पोखरा घटनाको अनुगमन गर्दा स्थानीय वासिन्दाले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीयसँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न अवरोध गरेको र सुरक्षाकर्मीहरुबाट बल प्रयोग गरी शवको व्यवस्थापन गरेको पाइएको आयोगले जनाएको छ ।

व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानून र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूति गरेको आयोगले स्मरण गराएको छ ।

‘अतः कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमा स्थानीय निकायसँग समन्वय गर्दै अगाडि बढ्ने वातावरणको सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’ आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment