Comments Add Comment

वीरगञ्ज महानगरले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने

१२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संक्रामक रोगको उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ । त्यसका लागि नगरसभाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले अहिले नारायणी अस्पताल अन्तर्गत रहेको गण्डक अस्थायी कोभिड अस्पतालको व्यवस्थापन गरिरहेको छ । कोरोना महामारीबाट पाठ सिकेर भविष्यमा आउन सक्ने संक्रामक रोगको उपचारका लागि अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

नगरसभाले असार १० गते उप प्रमुख शान्ति कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति उपर क्षेत्रगत रुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरेको छ ।

त्यस्तै आर्थिक वर्ष ०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिएको ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ राजश्व र व्ययको अनुमान संसोधन तथा परिमार्जन सहित स्वीकृत गरेको छ ।

आर्थिक विधेयक ०७७, विनियोजन विधेयक ०७७ उपर दफावार छलफलपछि संसोधन तथा परिमार्जन सहित स्वीकृत भएको छ । त्यस्तै चालु आर्थिक वर्षको २०७६ फागुन ११ देखि २०७७ असार ९ गतेसम्म नगर कार्यपालिकाको बैठकबाट भएका सम्पूर्ण निर्णयहरु अनुमोदन गरेको छ । चालु आर्थिक वर्षको ०७६ श्रावण १ गतेदेखि ०७७ अषाढ ९ गतेसम्म भएका सम्पूर्ण खर्च अनुमोदन गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष ०७६/७७ को अधिकार प्रत्यायोजन सम्बन्धमा, आर्थिक वर्ष ०७७/७८ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधि भित्र रही योजना तथा कार्यक्रम संसोधन गरी कार्यान्वयन गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि नगरसभाले गरेको छ । नगरसभाले आकस्मिक योजना छनौट, चालु आर्थिक वर्षको योजना भुक्तानी, योजना कार्यान्वयन सम्बन्धमा नगरसभाबाट स्वीकृत राजस्व र ब्ययका अनुमानमा समावेश नभएका तर आर्थिक वर्ष २०७७/७८ मा थप बजेट तथा कार्यक्रम प्राप्त भएमा नगर कार्यपालिकाले स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

फोहोरमैला व्यवस्थापनको सम्झौता पुनरावलोकन, वीरगञ्ज बस पार्क टर्मिनल, सञ्चालन तथा सेवा शुल्क संकलन सम्बन्धि सम्झौता अंक समायोजन गर्ने, नारायणी अस्पतालमा फार्मेसी सञ्चालनका लागि सिड मनी उपलब्ध गराउने, कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धि सम्झौता अनुमोदन, कोरोना भाइरससँग सम्बन्धित खर्च अनुमोदन गरेको छ ।

चालु आर्थिक वर्ष ०७६/७७ मा संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम तर्फ विद्यालय भौतिक पूर्वाधार निर्माण शीर्षकमा प्राप्त अनुदान रकम २ करोड ९८ लाख अनुमोदन गरेको छ । १२ वटा विद्यालयलाई बाँडफाँट गरी सम्पूर्ण रकम विद्यालयलाई निकासा दिने प्रमुख स्तरबाट जेठ १९ गते भएको निर्णयलाई अनुमोदन गरेको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment