Comments Add Comment

सेभिया बराबरीमा रोकियो

१३ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा चौथो स्थानको सेभिया घरेलु मैदानमै रियल भाल्लाडोलिडसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको सभियाले खेल सकिन ७ मिनेट बाँकी छदा लुकास ओकम्पासको पेनाल्टी गोलमार्फत बराबरी गरेको थियो ।

खेलको २५औं मिनेटमा किकोले गोल गर्दै भाल्लाडोलिडलाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा भाल्लाडोलिडले अग्रता कायमै राख्यो । ५५औं मिनेटमा मुनियर अल हाड्डाईले सेभियाका लागि बराबरी गोल फर्काएपनि भिएआरले उक्त गोललाई मान्यता दिएन ।

८३औं मिनेटमा ओकम्पासले पेनाल्टीमा गोल गरेपछि सेभिया अंक खोस्न सफल भयो । बराबरीले सेभियाको तेस्रो स्थानमा पुग्ने अवसर गुमेको छ । ३२ खेलबाट ५४ अंक जोडेको सेभिया चौथो स्थानमै यथावत छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५५ अंकसहित तेस्रो स्थानमा छ । ३२ खेलबाट ३५ अंक जोडेको भाल्लाडोलिड १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment