Comments Add Comment

लेसेको पोष्टमा युभेन्टसको चार गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता

१३ असार, काठमाडौं । लिग लिडर युभेन्ट्सले सिरी ए अन्तर्गत गएराति भएको एक मात्र खेलमा लेसेलाई ४-० ले पराजित गरेको छ । सहज जितपछि युभन्ट्सले दोस्रो स्थानको लाजियोमाथि ७ अंकको अग्रता राख्दै उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । ३२औं मिनेटमा फाबियो लिएनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेसे १० खेलाडीको झरेको थियो । एक खेलाडी कम हुँदा पनि युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन ।

तर दोस्रो हाफमा भने क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्वेन, पाउलो डिबला, माथिस डे लिट सबैले गोल गरे । ५३औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

रोनाल्डोले ६२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । हिग्वेनले ८३औं मिनेटमा युभेन्ट्सका लागि तेस्रो गोल गरे । डे लिटले ८५औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सहज जित हात पारेको हो ।

जितपछि २८ खेलबाट लिडर युभेन्ट्सको ६९ अंक छ । एक खेल कम खेलेको लाजियो ६२ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment