Comments Add Comment

लेवान्डोस्की बने बुण्डेसलिगा ‘प्लेअर अफ दि सिजन’

१३ असार, काठमाडौं । बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगाको ‘प्लेयर अफ दी सिजन’ घोषित भएका छन् । बायर्नलाई लगातार आठौं पटक उपाधि दिलाउन यस सिजन उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की सिजनको उत्कृष्ट खेलाडी बनेका हुन् ।

उनले जाडोन सान्चो, काई हाभार्ट लगायत खेलाडीलाई पछि पारे । बोरुसिया डर्टमण्डका सान्चो दोस्रो र बाय लेभरकुजनका हाभार्ट तेस्रो स्थानमा रहे ।

उनी बुन्डेसलिगामा लगातार ११ खेलमा गोल गर्ने पहिलो खेलाडी बने । म्याच डे २९मा फर्चुना डुसेलडवर्फ विरुद्ध गोल गरेपछि लेवान्डोस्कीले बुण्डेसलिगामा सबै क्लबबिरुद्ध गोल समेत गरेका छन् । पछिल्लो समय ३१ वर्षीय फरवार्ड उत्कृष्ट लयमा छन् ।

लेवान्डोस्कीले यस सिजन ३३ लिग गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्तामा शीर्ष स्थानमा छन् । पछिल्लो पाँच सिजनमा उनी चार सिजन सर्वाधिक गोलकर्ता रहे ।

लेवान्डोस्कीले सिजनको उत्कृष्ट खेलाडीको अवार्ड पाउँदा गौरव लागेको बताए । विज्ञहरुको गरेको मतमा उनले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment