Comments Add Comment

१८ करोडको सवारीसाधन खरिद गर्दै सेना

जंगीअड्डा

१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ ।

सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।

भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गरिँदैछ। यो राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस जङ्गीअड्डामा पृतनापति भेला : राम्रो काम गर्दागर्दै विवादमा तानिएको निष्कर्ष

युरेनियम सुरक्षार्थ खटिएको टोलीलाई माउन्टेन जिप

नेपाली सेनाको एउटा टोली गत मंसिरदेखि युरेनियम रहेको भनिएको मुस्ताङको थुलुङफाँटमा खटिएको छ। उक्त टोलीका लागि एउटा माउन्टेन जिप खरिद गरिँदैछ ।

हार्ड टप जिप पनि ५ वटा खरिद गर्ने सेनाको तयारी छ। जंगीअड्डाले १५ वटा खरिद गर्न माग गरे पनि ५ वटा मात्र स्वीकृत भएको हो । त्यही क्षेत्रका लागि ५ वटा मोटरसाइकल पनि खरिद गरिँदैछ।

सेनाले विभिन्न क्षेत्रका लागि ३० वटा साइकल र ४ वटा ट्याक्टर पनि खरिद गर्दैछ । जंगीअड्डाका लागि २० र ५ टन सामान उठाउने फोर्कलिफ्ट एक/एक वटा खरिद गरिँदैछ । जंगीअड्डाकै लागि वर्कसप भ्यान एउटा खरिद गरिँदैछ ।

सेनाले ४० जना अट्ने क्षमता भएको २ वटा बससमेत माग गरे पनि स्वीकृत भएन । सेनाको वेयर हाउसका लागि ६ वटा ‘इलेक्ट्रिक कार्ट’ पनि खरिद गर्दैछ । सेनाले तीन वटा किचन मोबाइल भ्यान खरिद गर्न पनि माग गरेको थियो । तर दुई वटा मात्र स्वीकृत भएको छ ।

यो पनि पढ्नुहोस कोरोना महामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

प्रकोपमा प्रयोग हुने तीन साधन

सेनाले प्रकोपमा प्रयोग हुने तीन वटा साधन खरिद गर्दैछ । जंगीअड्डाका अनुसार आगलागी नियन्त्रणमा प्रयोग हुने ‘रेस्क्यू ल्याडर’ र कम्प्याक्ट फायर इञ्जिन (दमकल) खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

आगलागी नियन्त्रणकै लागि एउटा ‘अल्ट्रा हाइ प्रेसर सिस्टम’ पनि खरिद गरिँदैछ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सबै सवारीसाधन दैनिक क्रियाकलापमा अत्यावश्यक भएरै खरिद गर्ने प्रक्रिया थालिएको बताए । यसका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया सुरु भइसकेको उनले जनाए ।

यो पनि पढ्नुहोस कोभिड–१९ सँगै विपद् प्रतिकार्यमा पनि तयार रहन सेनाको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment