Comments Add Comment

ह्याप्पी बर्थ डे अदिती बुढाथोकी

नायिका अदिती बुढाथोकी आज आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । आफ्नै घरमा जन्मदिन मनाइरहेकी यी सुन्दरीलाई सबैभन्दा पहिला उनको परिवारले जन्मदिनको शुभेच्छा प्रकट गरेका थिए । उनलाई सामाजिक सञ्जालमा उनका फ्यान र आफन्तले शुभकामना दिइरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुवै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लकडाउन नभएको भए सुरेन्द्रले अहिले अदितीसँग दोश्रो प्रोजेक्टमा काम गरिरहेका हुन्थे ।

नायिका बुढाथोकीले पहिलो चलचित्रमा काम गरेपछि पर्दामा फेरि काम गर्न केही वर्ष लगाइन् । तर पनि उनलाई पहिलो चलचित्रले दिएको हाइपको फाइदा भने छ ।

अदिती चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनमा चलचित्रकर्मीले सम्भावना देखेका थिए । केही भारतीय म्युजिक भिडियोमा समेत काम गरेकी अदिती मुम्बईमा रहेर संघर्ष गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment