Comments Add Comment

चेल्सी एफए कपको सेमिफाइनलमा

१५ असार, काठमाडौं । रोस बार्कलेले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा आइतवार भएको खेलमा चेल्सीले कठिन जित हात पारेको हो । चेल्सीका लागि बार्कलेले खेलको ६३औं मिनेटमा गोल गरेका थिए ।

एफएकपको सेमिफाइनल पुग्ने चेल्सी दोस्रो लण्डन क्लब हो । आइतवारै अर्को लण्डन क्लब आर्सनलले शेफिल्ड युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थन बनाएको थियो । यस्तै म्यानचेष्टर युनाइटेड पनि सेमिफाइनल पुगिसकेको छ ।

सेमिफाइनल पुग्नका लागि अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र न्यूकासल युनाइटेडबीच आइतवारै खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment