+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

पुरातत्वले अनुमति दिए चारखालको जीर्ण संरचना २४ घण्टाभित्र हटाउछौं : मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते ९:१८

१५ असार, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पुरातत्व विभागले अनुमति दिएमा डिल्लीबजारको चारखालस्थित पुराना संरचना २४ घण्टाभित्रै हटाउने बताएका छन् ।

केही दिनअघि डिल्लीबजार कारागारको पुरानो भवनको बाहिरी पर्खाल भत्किएको थियो । वर्षाको समयमा पुरानो जिर्ण भवनका अन्य भाग पनि भत्किने जोखिम कायमै छ ।

कारागारको बाहिरी क्षेत्रमा रहेको जिर्ण भवनको व्यवस्थापनका लागि सहरी विकास राज्यमन्त्री मानन्धर, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालसहितको टोलीले आइतबार साँझ अनुगमन गरेको छ ।

अनुगमनपछि मानन्धरले भने, ‘पुरातत्वले आवश्यक अध्ययन र अनुसन्धान सकेर भत्काउने अनुमति दिए २४ घण्टाभित्र अस्तव्यस्त संरचना पन्छाउन तयार छौं ।’ चारखालको आफ्नै इतिहास रहेको बताउँदै राज्यमन्त्री मानन्धरले पुरातत्व विभागसँगको छलफलपछि जिर्ण संरचना भत्काउने काम थालिने बताउँदै चारखाललाई व्यवस्थित बनाउने बताए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले भग्नावशेषको संरचना पन्छाउने र नयाँ पर्खाल लगाउने काम तत्काल थाल्न समस्या नभएको बताउँदै पुरातत्व विभागसँग आवश्यक छलफल गरिने बताए ।

काठमाडौं महानगरको वडा नम्वर ११ का अध्यक्ष हिरालाल तण्डुकारले जिर्ण संरचना जुनसुकै बेला भत्किन सक्ने अवस्थामा रहेकाले केन्द्रीय कारागारमा आउने सर्वसाधारण तथा कर्मचारीहरु र नजिकै रहेको मालपोत कार्यालय जोखिममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?