Comments Add Comment

साम्राज्ञीलाई भुवनको कटाक्ष–‘जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’

नयिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडि सामाजिक संजालमार्फत भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उनले, काम गर्ने क्रममा आफूमाथि ह्यारेसमेन्ट पनि भएको बताइन् ।

साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । उनले, केही समय अगाडि भने चलचित्र ‘ड्रिम्स’को छायांकनका क्रममा नायक अनमोल केसी र आफूमाथि पक्षपात गरिएको बताएकी थिइन् ।

यो पनि पढ्नुहोस साम्राज्ञी भन्छिन्–‘फिल्ममा काम गर्दा निकै नराम्रो अनुभव भोगेकी छु’

साम्राज्ञीले बारम्बार आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि निर्माता तथा निर्देशक भूवन केसीले असन्तुष्टी व्यक्त गरेका छन् ।
साम्राज्ञीलाई भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । भूवन लेख्छन्–‘खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी ।’

भूवनले, साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् । यो बिषयमा साम्राज्ञीले कुनै जवाफ भने दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment