
नयिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडि सामाजिक संजालमार्फत भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उनले, काम गर्ने क्रममा आफूमाथि ह्यारेसमेन्ट पनि भएको बताइन् ।
साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । उनले, केही समय अगाडि भने चलचित्र ‘ड्रिम्स’को छायांकनका क्रममा नायक अनमोल केसी र आफूमाथि पक्षपात गरिएको बताएकी थिइन् ।
साम्राज्ञीले बारम्बार आक्रोश व्यक्त गर्दै सामाजिक संजालमा नाम नै लिएपछि निर्माता तथा निर्देशक भूवन केसीले असन्तुष्टी व्यक्त गरेका छन् ।
साम्राज्ञीलाई भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । भूवन लेख्छन्–‘खान नपाएको भन्दै सामाजिक संजालमा रोई कराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक संजालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नी ।’
भूवनले, साम्राज्ञीले आज पनि ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप समेत लगाएका छन् । यो बिषयमा साम्राज्ञीले कुनै जवाफ भने दिएकी छैनन् ।
प्रतिक्रिया 4