Comments Add Comment

हरेक वर्ष ‘नयाँ लण्डन’ बनाउँदै चीन

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश हो । आर्थिक उन्नतीको क्षेत्रमा पनि चीन विश्वको हस्ती बनिसकेको छ । ठुलो जनसंख्याको आवासका लागि तथा आर्थिक गतिविधिलाई सञ्चालन गराउनका लागिसमेत सोही अनुपातमा भवनहरुको आवश्यकता पर्दछ । सोही कारण चीनले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा समेत ठुलो परिमाणमा काम गरिरहेको छ ।

विज्ञहरुका अनुसार आउँदो दशकमा विश्वमा जतिधेरै भवन बन्नेछन् त्यसमध्ये आधा त चीनमै हुनेछन् ।

चीनमा पहिलेदेखि नै हरेक वर्ष यतिधेरै आवासीय भवन तथा भौतिक संरचनाहरु बनाइरहेको छ कि भौतिक संरचनाको कुल क्षेत्रफल झण्डै दुई अर्ब वर्गमिटर हुन्छ । यदि उक्त फ्लोर स्पेसलाई एकतले भवनसँग तुलना गर्ने हो भने त्यसले पूरै लण्डनलाई ओगट्दछ । अर्थात् चीनले हरेक वर्ष एक नयाँ लण्डन सहरको निर्माण गरिरहेको छ ।

भौतिक पूर्वाधार निर्माणको तीव्रतासँगै चीनमा कार्वन उत्सर्जनसमेत अत्यधिक बढिरहेको छ जसले पर्यावरणमा नकारात्मक असर पारिरहेको छ । सन् २००१ देखि २०१६ सम्मको अवधिमा चीनको निर्माण क्षेत्रमा एक अर्ब टन कोइला बराबरको ऊर्जा खपत भएको छ । भौतिक पूर्वाधार निर्माणको कच्चा पदार्थ आपूर्ति देखि भवन निर्माणसम्मका लागि जति ऊर्जा खपत हुन्छ, त्यो चीनको कुल कार्वन उत्सर्जनको २० प्रतिशत हुन आउँदछ ।

सोही कारण चीनमा पछिल्लो समयमा वातावरणमैत्री भवन निर्माण गर्ने चलन बढिरहेको छ ता कि कार्वन उत्सर्जन कम होस् ।यसका लागि अहिलेसम्मकै सबैभन्दा कामयाव तरिकाचाहिँ भवनलाई रुखविरुवा हरुले ढाक्नु नै हो । जुन प्रयोग सबैभन्दा पहिले इटालीको मिलान सहरमा भएको थियो ।

इटालियन वास्तुकार स्टेफानो बोरीले मिलान सहरमा गरेको उक्त प्रयोग चीनको नानजिङ सहरमा दोहोराउँदै छन् । जसअनुसार त्यहाँ दुईवटा हरित टावर ठड्याइँदैछ । ती गगनचुम्बी भवनहरु हरियालीले ढाकेको हुनेछन् । ती भवनहरु यहीँ वर्षको अन्त्यसम्ममा तयार भैसक्ने बताइएको भए पनि कोरोना भाइरस महामारीका कारण केही लम्बिन सक्ने बताइएको छ ।

ती भवनहरुको बरण्डा तथा बाहिरी भागमा विभिन्न २५ सय प्रकारका झाडीहरु, एक हजारभन्दा धेरै रुख विरुवा लगाइनेछ । अहिले भवनको अघिल्लो भागको भित्तामा लगाउनका लागि ६ सय प्रकारका विरुवाहरु नर्सरीमा तयार गरिँदैछ । भवनमा रोप्ने बेलासम्म ती विरुवाको लम्बाई ६ देखि ९ मिटरसम्मको हुनेछ ।

भवनका ती विरुवाहरु लगाउनु अगाडि विरुवाको क्षमता जाँचिनेछ र त्यसका लागि विरुवाहरुलाई हुरीयुक्त एक सुरुङमा छिराइनेछ । हुरीले नभाँच्ने खालका विरुवाहरुलाई मात्र भवनमा रोपिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment