Comments Add Comment

हिलाम्मे ट्याक्टरमा मुख्यमन्त्री ! ३१० रोपनीमा रोपाइँ उदघाटन

१५ असार, पोखरा । स्याङ्जाको पुतलीबजार-४ मा रहेको गोठे फाँटमा सोमबार असार १५ को छेको पारेर भव्य रोपाइँ भयो । रोपाइँमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । उनले रिबन मात्र काटेनन्, ट्याक्टरै चढेर रोपाइँ  उद्घाटन गरे ।

मुख्यमन्त्री नै रोपाइँमा पुग्नुको कारण पनि रोचक छ । यहाँ किसानहरुले आपसमा मिलेर चक्लाबन्दी गरेका छन्। साँघुरा गह्राहरूमा एक-डेढ रोपनीमा गोरू नारेर खेती गर्दै आएका किसानले नयाँ जुक्ति निकालेर धान रोपेका छन् ।

यहाँ स्थानीय १२० जना कृषकका नाममा रहेको ३१० रोपनी क्षेत्रफलको खेत चक्लाबन्दी गरिएको छ । पहाडको फेदमा रहेका साँघुरा गह्राहरू भत्काएर मधेसको फाँटमा जस्तै ठुल्ठुला र आकर्षक गह्रा बनाइएका छन् । र, सबै गाउँलेहरू सामुहिक रूपमा जुटेर खेतीमा संलग्न भएका छन् ।

स्थानीय किसानले उदाहरणीय काम गरेर देखाएपछि मुख्यमन्त्री गुरुङ खुशी हुँदै रोपाइँ उदघाटन गर्न खेतमा पुगेका हुन् । र, किसानले पनि खेतमा मुख्यमन्त्रीसँग भेट हुन पाउँदा रमाएर माला लगाइदिए अनि ट्रयाक्टरमा चढाए ।

जग्गा चक्लाबन्दी र आधुनिक कृषि उपकरणको प्रयोगमार्फत यसै गरी अघि बढेमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिने मुख्यमन्त्री गुरुङले बताए ।

हेर्नुहोस् तस्वीरहरू

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment