Comments Add Comment

घरेलु सौन्दर्य प्रशाधन : दूध र महको लेप

लकडाउनले गर्दा ब्युटीपार्लर धाउने अनुकूलता छैन । सौन्दर्य प्रशाधन खरिदका लागि बजार खुलेको छैन । बजारमा उपलब्ध विभिन्न सौन्दर्य उत्पादन लगाइरहने, पार्लर धाइरहने महिलाहरूलाई अहिले यस्ता मेकअपको त्यति आवश्यक्ता पनि छैन । घरभित्रै बस्नुपर्ने वा बाहिर हिँड्दा मास्क लगाउनुपर्ने भएकाले मेकअप अनिवार्य छैन । यससँगै एउटा लहर चलेको छ, मेकअपविना नै तस्वीर साझेदार गर्ने । खासगरी हलिउड, बलिउड सेलिब्रेटीहरू यस्तो होडबाजीमा छन् । मेकअप नगरी आफ्नो अनुहार सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अर्कोतिर उनीहरूले घरमै उपलब्ध सामग्रीबाट पनि आफ्नो सौन्दर्यको ख्याल राख्न सकिने बताइरहेका छन् । हाम्रो बगैँचा, भान्सामा त्यस्ता थुप्रै सामग्री छन् । जसले अनुहार, केस एवं छालाको सौन्दर्य कायम राख्न सकिन्छ । जस्तो कि मह र दूधको लेप ।

मह र दूधको लेप लगाउँदा अनुहार चम्किलो हुन्छ । मुलायम हुन्छ । अनावश्यक दागहरू रहँदैन । समग्रमा छाला स्वस्थ्य हुन्छ ।  मह र दूधको लेपनको अतिरिक्त फाइदा पनि छ। त्यो भनेको यसले चाहुरीपन कम गर्छ । यसका लागि हप्तामा दुई पटक लेप बनाएर लगाउनुपर्छ ।

कसरी बनाउने त लेप ?

यो बनाउन निकै सजिलो छ । अलिकति दूधमा ठिक्क मह हाल्ने ताकि लेप अधिक गाढा नहोस् । लेप बनाउनासाथ त्यसलाई प्रयोग गरौं । धेरै बेर त्यसै छोड्दा यो बिग्रिन्छ ।

१. दूध एउटा राम्रो क्लिन्जर पनि हो । यसमा एउटा कटन बल डुबाउनुहोस् र त्यसले अनुहारमा पुछ्नुस । त्यसलाई ५ मिनेटका लागि यसै छोड्नुपर्छ र त्यसपछि ताजा पानीले धुने गरौं । दैनिक आफ्नो अनुहारलाई यसैगरी काँचो दूधले सफा गरौं । दूधमा पाकेको मेवा पनि मिसाउन सकिन्छ । यसबाट अनुहारको डेड स्किन हट्नेछ ।

२. डण्डीफोरको समस्या छ भने यो प्याक अवश्य लगाउनुपर्छ । यसलाई नियमित रुपमा लगाइयो भने छालालाई धेरै फाइदा पुग्छ । डण्डीफोरबाट चिन्तित केटीहरू लेउ अनुहारमा मह दलेर ३० मिनेटसम्म छोडिदिनुपर्छ । त्यसपछि यसलाई मनतातो पानीले धुनुपर्छ ।

महले ब्याक्टेरियाबाट हुने डण्डीफोरलाई हटाउँछ । तर डण्डीफोर हार्मोनको गडबडीको कारणले हो भने महले केही गर्न सक्दैन।

३. अनुहारमा डेड स्किन जम्मा भयो भने छाला एकदम भद्दा देखिन थाल्छ । दूधमा एक कम्पाउन्ड हुन्छ जुन महँगा सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ। यसले बुढ्यौललाई पछि धकेल्न मद्दत गर्छ । घरमै पनि एउटा राम्रो लेप तयार गर्न सकिन्छ, जसमा दूध, मह, ओटमिल र ओखरको धुलो मिसिएको हुन्छ।

आधा चम्चा ओखरको धुलो, २ चम्चा ओटमिल, आधा चम्चा मह र दुई चम्चा काँचो दूध मिलाउनुपर्छ । यी सबैलाई मिलाएर गाढा पेस्ट बनाउने । यस पेस्टलाई अनुहारमा दलेर हल्का मसाज गरौं । त्यसपछि १० मिनेटसम्म त्यत्तिकै छोड्नुपर्छ र चिसो पानीले धुनुपर्छ ।

४. दूधले छालाको रंग सफा हुन्छ र अनुहारको दाग-धब्बा पनि कम हुन्छ । थोरै काँचो दूध लिएर अनुहार र घाँटीमा लगाउनुपर्छ ।

१० मिनेटपछि यसलाई सफा पानीले धुनुपर्छ । यसबाट छाला गोरो हुन्छ । यसलाई फेस प्याक पनि बनाउन सकिन्छ । यसका लागि दुई चम्चा दूधमा एक चम्चा मह र एक चम्चा कागतीको रस मिसाउनुपर्छ । यस प्याकलाई अनुहार र घाँटीमा लगाएर १० मिनेट पर्खिएर धुनुपर्छ । यसबाट छाला चम्किलो हुन्छ ।

५. यो लेप फुटेको ओठ ठिक गर्न पनि सहायक हुन्छ । फेस मास्कका लागि लेप बनाइएको हो भने अन्त्यमा अलिकति लेप ओठमा पनि लगाउनुपर्छ । यदि लेप लगाइएन भने मह मात्रै पनि लगाउन सकिनेछ । महले पनि ओठ फुटेको धेरै हदसम्म ठिक गर्छ ।

६. समयभन्दा चाँडै अनुहार चाउरी पर्न थालेको छ भने मह र दूधको फेस प्याक बनाएर अनुहारमा लगाउनुपर्छ । प्याक बनाउनका लागि दुई चम्चा काँचो दूध, एक चम्चा मह, एक चम्चा भिटामिन ई क्याप्सुलर र एक काँक्रोको टुक्रा वा एलोबेरा जेललाई मिलाउने र अनुहारमा लगाउने । त्यसको २० मिनेटपछि अनुहार धुनुपर्छ ।

७. दुध र महले रुखो र बेजान छालालाई ठिक गर्न औषधिकै जस्तो काम गर्छ । मह र दूधको लेपले अनुहारमा दुई वा तीन पटक घसेपछि नै फरक महसुस गर्न थालिनेछ । यसले छालामा निखार पनि आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment