Comments Add Comment

चीनले पारित गर्‍यो विवादित सुरक्षा विधेयक

विधेयकविरुद्ध हङकङमा भएको प्रदर्शन

१६ असार, काठमाडौं । चीनले मंगलबार हङकङका लागि विवादित राष्ट्रिय सुरक्षा विधेयक पारित गरेको छ । यो विधेयक पारित भएसँगै हङकङमा चीनको प्रभाव बढ्नेछ । यसले हङकङमा स्वतन्त्रतामा कमी आउन सक्ने आशंका व्यक्त गरिएको छ ।

चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिले सर्वसम्मतरुपमा यो विधेयक पारित गरेको हो । यो विधेयकको अमेरिका, बेलायत र अन्य पश्चिमा मुलुकले विरोध गर्दै आएका थिए । चीनले भने यसले आतंकवाद, पृथकीकरण र विदेशी शक्तिसँगको साँठगाँठ रोक्नमा सहयोग गर्न सक्ने बताएका छन् ।

चीनले यो विधेयकमाथि बहस सुरु गरेसँगै हङकङमा धेरैपटक हिंसक प्रदर्शन पनि भएको थियो । यसरी प्रदर्शन गर्नेहरु लोकतन्त्रका पक्षधर थिए ।

सन् १९९७ मा बेलायतले चीनलाई हङकङ सुम्पिँदा केही विशेष स्वतन्त्रता कायम रहने कानुन बनाइएको थियो, जुन चीनका नागरिकले पाएका थिएनन् । गत महिना चीनले हङकङका लागि ल्याउन लागिएको कानुनले विदेशी सहयोगको आधारमा हङकङलाई विभाजन, तोडफोड वा आतंकवादी गतिविधि गर्ने मानिसहरुमाथि आपराधिक मुद्दा लगाएर कारबाही गर्न सकिने बताएको थियो ।

आलोचकहरुले भने चीनले ल्याएको विधेयक हङकङको लागि ठूलो खतरा रहेको बताउँदै आएका छन् । उनीहरुले यसले हङकङको न्यायिक स्वतन्त्रतालाई कमजोर बनाउने बताउँदै आएका छन् ।

मे महिनामा चीनले यो विधेयक पारित गरिने बताएसँगै हङकङमा प्रदर्शन बढेको थियो भने अन्तर्राष्ट्रिय स्तरमा पनि यसको विरोध भएको थियो । यद्यपि यो विशेषक पारित भएको विषयमा चीनले आधिकारिकरुपमा जानकारी भने दिएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment