Comments Add Comment

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७ जिल्लामा संक्रमितको संख्या ५०० नाघ्यो

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १९४ जना डिस्चार्ज भएका छन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ४८ संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जना छन् ।

यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७/७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र

लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२  छन् ।

ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

७ जिल्लामा संक्रमितको संख्या ५०० नाघ्यो

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा संक्रमितको सख्ंया ७०० नाघेको छ । उनका अनुसार प्रदेश २ को महोत्तरी, रौतहट र सर्लाही, प्रदेश ५ को दाङ र कपिलवस्तु, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर२२८३४१
आरडीटी२९९८७१
आइसोलेसनमा१०३४१
संक्रमित १३५६४
निको भएको३०९४
मृत्यु२९
क्वारेन्टिनमा५३०७०
अपडेटः २०७७ असार १६ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment