Comments Add Comment

गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज  

१६ असार, गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् ।

मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् ।

पछिल्लो तथ्यांक अनुसार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १/१ जना छन् । त्यस्तै डिस्चार्ज हुनेमा गुल्मी दरबारका ४ जना  र सत्यवती गाउँपालिकाका ६ जना छन् ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment