Comments Add Comment

एमसीसी खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

१७ असार, वीरगञ्ज । अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’, लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । एमसीसीविरुद्धको ¥याली माईस्थानबाट घण्टाघरसम्म पुगेको थियो ।

सरकार एमसीसी सम्झौता जसरी पनि पास गर्न लागिपरेको भन्दै त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment