Comments Add Comment

तीन सरकारी निकायको कार्यकारी प्रमुखमा आवेदन खुला

१७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको तीन वटा संस्थान तथा कार्यलयहरुले जनशक्ति माग गरेको छ ।

बुधबार छुट्टा छुट्टै सूचना प्रकाशित गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र इन्टरमोडल यातायात विकास समितिले जनशक्ति माग गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यकारी प्रमुख, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धक र इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक माग गरिएको मन्त्रालयले जनाएको छ ।

तीनै वटा पदकालागि कम्तीमा स्नातकोत्तर तहको परिक्षा पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ ।  यस्तै सम्बन्धित विषयमा लामो अनुभव हासिल गरेको हुनुपर्ने विज्ञापनमा जनाइएको छ ।

सूचना प्रकाशित मितिले २१ दिन भित्र योग्य उम्मेदवारले आवेदन दिइसक्नु पर्ने जनाइएको र आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment