
१६ असार, काठमाडौं । बुधबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । अघिपछि पास देखाएपछि सहजै सिंहदरबार छिर्न पाइन्थ्यो । तर, बुधबार झोला, बाइकको डिकीसमेत खोलेर चेकजाँच गरिएको छ ।
प्रहरीका अनुसार बुधबारका लागि मात्रै थप कडाइ गरिएको हो । कारण- नासुहरुको प्रदर्शन ।
राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा ऐनमा असन्तुष्ट नायब सुब्बाहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रदर्शन रोक्न प्रहरीले गेटमै कडा गरेर सिंहदरबारभित्रका कर्मचारीलाई मात्रै प्रवेश दिइएको हो ।
‘सिंहदरबारभित्रका कर्मचारी पो छिर्ने हो अरु किन छिर्ने ?’ ड्युटीमै रहेका एक प्रहरीले भने ।
सिंहदरबार प्रवेशमा कडाइ गर्दा बिहान ११ बजेको समयमा सिंहदरबारको दक्षिणी गेटबाट माइतीघरसम्मै जाम परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4