
अहिले विश्वलाई कोरोना भाइरसले अत्याइरहेको छ । वैज्ञानिकहरू यस भाइरसविरुद्धको खोप एवं औषधिको खोज अध्ययनमै खटिएका छन् । यद्यपि अहिलेसम्म सफलता हात परेको छैन ।
कोरोनाको सम्भावित फैलावटलाई रोक्नका लागि विश्वका थुप्रै मुलुक लकडाउन गरिएको छ । यसले आर्थिक/सामाजिक क्षेत्रमै घातक असर परिरहेको छ । अझै लकडाउन नै गरिरहने हो वा कोरोनाका साथमा बाँच्न सिक्ने हो ? यही द्विविधामा अल्मलिएको छ समाज ।
यस्तै, अलमलबीच पतञ्जलि योगपीठले सबैलाई चकित पार्दै घोषणा गर्यो, ‘कोरोना भाइरसविरुद्ध औषधि तयार भएको ।’ पत्रकार सम्मेलन गरेर औषधि सार्वजनिक गर्दै उनीहरूले दाबी गरे, ‘कोरोना भाइरसविरुद्धको यो औषधि एकदमै प्रभावकारी छ ।’
तर औषधि सार्वजनिक भएको केही समयमै भारत सरकाले यसको बजार प्रवर्द्धनमा रोक लगायो । यससँगै उक्त औषधिको विश्वसनीयता र प्रभावकारितामा प्रश्न उठ्न थाले । विवाद चर्किंदै गयो । यसले अहिलेसम्म पतञ्जलिले उपलब्ध गराइरहेको औषधिहरूको गुणवत्तामा समेत प्रश्न उठाइदियो ।
कोरोना भाइरस नाशक भनी दाबी गरिएको औषधिको नाम थियो, कोरोनिल । हालै भने बाबा रामदेवले औषधिका सन्दर्भमा भइरहेको विवादबारे बोलेका छन् । उनले औषधिमाथि लगाइएको आरोपबारे स्पष्टीकरण दिएका छन् ।
–हामीले औषधि बनाउनका लागि उत्तरखण्ड सरकारसँग अनुमतिपत्र लिएका थियौं ।
–क्लिनिकल कन्ट्रोल ट्रायलको प्रोटोकल आयुर्वेद परम्पराअनुसार गरिएको थियो ।
–औषधिको काम अब अरू अगाडि बढ्नेछ ।
–औषधिमा अश्वगन्धा, गुर्जो र तुलसीको मिश्रण छ ।
–आयुष मन्त्रालयले भनेको छ कि पतञ्जलिले कोरोना भाइरसको औषधिमा राम्रो पहल गरेको छ । आयुष मन्त्रालयको जवाफ आएको छ ।
–हामीले औषधिसँग जोडिएको पूरा डाटा आयुष मन्त्रालयलाई दिएका छौं ।
–आचार्य बालकृष्ण र रामदेव ३५ वर्षदेखि सेवाको काम गरिरहेका छन् ।
–रामदेव र बालकृष्णको खुब निन्दा गर, तर कोरोना भाइरस संक्रमित व्यक्तिप्रति साहनुभूति राख ।
–भारतमा आयुर्वेदलाई औषधिको मान्यता दिइएको छ, जबकि अन्य देशमा यसलाई फुड सप्लिमेन्टको रुपमा स्वीकार गरिएको छ ।
–हामीले आयुर्वेदलाई ‘प्रमाणमा आधारित औषधि’ बनाउँछौं, जस्तो कि प्रधानमन्त्रीले भनेका छन् ।
–हामीले अस्थमाको उपचार गर्यौं । आयुर्वेदमा रोगलाई जराबाटै उखेल्न सकिन्छ ।
–यस्तो मानिँदैछ कि रोगमुक्त र नशामुक्त भारत बनाउनु अपराध हो ।
–आयुष मन्त्रालयले औषधिलाई लिएर कोभिड म्यानेजमेन्टको कुरा गरेको हो, उपचारको होइन ।
–योगद्वारा लाखौं व्यक्तिको उच्च रक्तचाप र अस्थमा ठिक भएको छ ।
–हामीलाई जेलमा पठाउ, हामीलाई देशद्रोही भन, आतंकवादी भन, केही फरक पर्नेवाला छैन ।
–पतञ्जलिको विरोध एक नयाँ किसिमको घृणा र सोच हो ।
प्रतिक्रिया 4