Comments Add Comment

भक्तपुरमा क्यान्सर अस्पताल जाँदा पत्ता लाग्यो कोरोना संक्रमण

१७ असार, भक्तपुर । भक्तपुरमा बुधबार थपिएका २ जनामध्ये कोरोना संक्रमित गठ्ठाघरकी ३४ वर्षीया महिला भएको पाइएको छ ।

उनी छातीमा गाँठो देखिएपछि भक्तपुर क्याक्सर अस्पताल गएकी थिइन् । चिकित्सकहरुले त्यसको शल्यक्रिया गर्नुपर्ने भन्दै पहिला कोरोना परीक्षण गर्न आग्रह गरेका थिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको भक्तपुरका स्वास्थ्य कार्यालय प्रमुख डा. कृष्णबहादुर मिजारले जानकारी दिए ।

उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment