Comments Add Comment

त्रिशुलीमा गाडी खसेको आशंकामा खोजी जारी

Photo Credit : JOURNALIST BIBEK

१८ असार, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवाखोलाबाट त्रिशुली नदीमा गाडी खसेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ ।

स्थानीयले बेनिघाट रोराङ गाउँपालिका-१० मौवाखोलास्थित सडकबाट कालो र सेतो रंगको सानो गाडी त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गरेका थिए ।

बिहान ६ बजेको समयमा गाडी नदीमा खसेको सूचनाका आधारमा सशस्त्रको गोताखोरको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

स्थानीय महिलाले गाडी खसेको खबर गरे पनि कहाँबाट आएको, कस्तो गाडी हो भन्ने केही खुल्न नसकेको डीएसपी खड्काले बताए । ‘गाडी खसेको खबर आएपछि सशस्त्रको गोताखोरको सहयोगमा खोजी भइरहेको छ,’ उनले भने, ‘दुर्घटनास्थलको प्रकृती हेर्दा गाडी चितवनतिरबाट आएको जस्तो देखिन्छ ।’ गाडीमा कति जना थिए भन्ने पनि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment