Comments Add Comment

फिल्मको पर्दामा कहिले देखिएलान् पल र स्वस्तिमा ?

नायक पल शाह र नायिका स्वस्तिमा खड्काको वर्तमान अवस्थामा चलचित्रमा क्रेज राम्रो छ । दुवैैले दर्शकको राम्रो साथ पाइरहेका छन् ।

पल लभस्टोरी चलचित्रमा बढी व्यस्त छन् भने स्वस्तिमा व्यावसायिक तथा आर्ट मुभीमा बढी केन्द्रित छिन् । स्वस्तिमालाई ‘बुलबुल’ नामक चलचित्रले उचाइमा पुर्‍याउँदै गर्दा पललाई ‘म यस्तो गीत गाउँछु’ चलचित्रले उचाइमा पुर्‍याएको हो ।

यो जोडीले ३ वर्ष लामो अन्तरालपछि एउटा म्युजिक भिडियोमा काम गरेको छ । तर यी दुवै कलाकारले चलचित्रमा भने एकसाथ पर्दा सेयर गर्न पाएका छैनन् ।

यी दुवै कलाकारले एकसाथ चलचित्रमा काम गर्ने इच्छा जनाएका छन् । उनीहरूले राम्रो कथामा अफर आएको खण्डमा काम गर्ने पनि बताएका छन् ।

पल र स्वस्तिमा एकसाथ पर्दामा देखिदा दुवैजनाका फ्यानका लागि विशेष हुनेछ । आखिर यो जोडीलाई सुहाउँदो कथामा कुन निर्देशकले चलचित्र बनाउलान् त प्रतीक्षा गरौ‌ं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment