+
+
Shares

दाङमा जंगली च्याउ खाँदा ७ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:५९

१८ असार, बुटवल । दाङमा जंगली च्याउ खाँदा दुई परिवारका सात जना बिरामी भएका छन् ।

दाङको राप्ती गाउँपालिका–४ मौरीघाटकी ४२ वर्षीया दीपा चौधरी र मौरीघाटकै अक्कली चौधरीको परिवारका ६ जना बिरामी भएका हुन् ।

जंगली च्याउ खाएर बिरामी भएकी दीपालाई लमही अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएर उपचार भइरहेको छ ।

यसैगरी जंगली च्याउ खाँदा अक्कली चौधरीको परिवारका ९ वर्षीया एक जना बालिका, ११ वर्षीय एक जना बालक, २२ र ३३ वर्षीय दुई जना पुरुष र ३२ वर्षीया एक जना महिला बिरामी भएका छन् । उनीहरु ६ जनाको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?