+
+
Shares

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १३:११

१८ असार । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?