Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच वार्ताको तयारी

१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’

नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । तर प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment