Comments Add Comment

सरकार कुर्ची होइन, जनता बचाऊ भन्दै पोखरामा अनशन

१८ असार, पोखरा । कोरोना रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै पाटनमा अनशन बसेकाहरुको समर्थनमा पोखरामा पनि अनशन सुरु भएको छ ।

बिहीबार पोखराका ७ युवाले बिहान ११ बजेदेखि अनशन सुरु गरेका छन् । उनीहरुले बिहीबार ७ घण्टा अनशन बस्ने जनाएका छन् ।

‘काठमाडौंमा ईः, सुदिन गुरुङलगायत अनशन बसेको आज ७ दिन भयो । अहिलेसम्म सरकारले माग सम्बोधन त के उनीहरुतर्फ हेरेको पनि छैन,’ अनशन बसेकी सलिजा श्रेष्ठले भनिन्, ‘काठमाडौंमा ७ दिन भएको दिन पारेर ७ घन्टाको अनशन सुरु गरेका हौं । भोलि ८ घन्टा हुन्छ ।’

उनले सरकारले माग सम्बोधन नगर्दासम्म प्रत्येक दिन एक घन्टा बढाउँदै अनसन बस्ने बताइन् ।

क्वारेन्टिन व्यवस्थापन, पीसीआर परीक्षण, स्वास्थ्य सामग्री खरिदमा पारदर्शितालगायतका माग राखेर अनशन बस्दा पनि सरकारले सम्बोधन नगरेको श्रेष्ठको गुनासो छ ।

‘मान्छेहरु यहाँ जीवनजल नपाएर मरिरहेका छन् । क्वारेन्टिनमै बलात्कार भइरहेको छ । तर, सरकारले सुनेको छैन,’ उनले भनिन् । उनले सरकारले जवाफदेही नहुँदासम्म आफूहरुको अनशन जारी रहने चेतावनी दिइन् ।

जनताको जीवन रक्षामा लाग्नुको साटो सरकार यो समयमा सत्ताकै जोडघटाउमा लागेको अनशनकारीको आरोप छ । पोखरा मुस्ताङचोकमा अनशन बसेका उनीहरुले ‘सरकार कुर्ची होइन, जनता बचाऊ’, ‘धारा ३५ स्वास्थ्य सेवा लागु गर’, ‘धारा ४३ सामाजिक सुरक्षाको हक कार्यान्वयन गर’ लगायत माग राखेका छन् ।

पोखराका युवा अभियन्ता सजिला श्रेष्ठ, स्मृति बराल, बरदान लामा, पुनम गुरुङ, अस्मिता न्यौपाने, सतिश खराललगायत बिहीबारदेखि ७ घन्टे अनशनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment